Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

राष्ट्रपति पौडेल भोटोजात्रामा, रातो मच्छिन्द्रनाथको दर्शन


ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलज्यूले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा शनिबार अपरान्ह अवलोकन गर्नुभयो । ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक भई उहाँले प्रथम महिला सबिता पौडेलसहित सो जात्रा अवलोकन गर्नुभएको हाे ।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । सो अवसरमा गुठी संस्थानका कर्मचारीले सो भोटो देखाएका थिए भने राष्ट्रपति पौडेलज्यूले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गर्नुभएको थियो ।

मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवता, अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिन्छ । त्यसो हुँदा यसको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व रहिआएको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश मनाेज शर्मा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूकाे उपस्थति रहेकाे थियाे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट