Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

नयाँ मन्त्रालयको कार्ययोजनाका लागि मन्त्री महावीर पुनद्वारा सुझाव आह्वान


काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवगठित मन्त्रालयको कार्ययोजना निर्माणका लागि सर्वसाधारण, अनुसन्धानकर्ता, वैज्ञानिक तथा नवप्रवर्तकहरूलाई सुझाव दिन आह्वान गरेका छन्।

मन्त्रालयको भावी रणनीति र कार्यक्रम तय गर्ने क्रममा नवीन सोच र ठोस अवधारणा भएका सबैलाई आफ्ना प्रस्ताव प्रस्तुत गर्न उनले आग्रह गरेका हुन्।बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले सृजनशील व्यक्ति, अनुसन्धानकर्ता, वैज्ञानिक तथा विभिन्न क्षेत्रका नवप्रवर्तकहरूलाई मन्त्रालयमा स्वागत गर्दै आफ्ना आइडिया लिखित रूपमा पेश गर्न अनुरोध गरेका छन्।

उनले मन्त्रालयको वेबसाइटमार्फत सुझाव र प्रस्ताव दर्ता गर्न सकिने जानकारी दिँदै उत्कृष्ट र व्यवहारिक अवधारणालाई प्राथमिकतामा राखिने संकेत गरेका छन्।

‘हरेक दिन बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म विभिन्न क्षेत्रका सृजनशील नवप्रवर्तक, अनुसन्धानकर्ता र वैज्ञानिकहरूलाई ठोस अवधारणासहित स्वागत छ। आइडिया भएका व्यक्तिहरूले लिखित प्रस्ताव तयार गरी मन्त्रालयको वेबसाइटमा पेश गर्न सक्नुहुनेछ। राम्रो सोच र काम गर्ने जाँगर भएका व्यक्तिले दुःख पाउन नपरोस् भन्ने हाम्रो प्रयास हुनेछ,’ मन्त्री पुनले फेसबुकमा उल्लेख गरेका छन्।

नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले देशमा अनुसन्धान, नवप्रवर्तन र प्रविधिको विकासलाई संस्थागत गर्दै उत्पादनमूलक क्षेत्रमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट