ह्याम्बर्ग सम्मेलनमा राप्रपा सांसद खुश्बु ओली, जर्मनीकी मन्त्रीसँग दिगो विकास र युवा नेतृत्वबारे छलफल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओली जर्मनीको ह्याम्बर्गमा आयोजित ‘ह्याम्बर्ग सस्टेनेबिलिटी सम्मेलन’मा सहभागी हुँदै नेपालको प्रतिनिधित्व गरिरहेकी छन्।
सम्मेलनका क्रममा सांसद ओलीले जर्मनीकी संघीय आर्थिक सहयोग तथा विकास मन्त्री रीम अलाबाली राडोभानसँग भेटवार्ता गरेकी छन्। भेटका क्रममा दिगो विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा साझा समृद्धि हासिल गर्न युवा नेतृत्वले खेल्न सक्ने भूमिकालगायत विषयमा छलफल भएको जनाइएको छ।
ओलीले सम्मेलनले विश्वका विभिन्न मुलुकबीच सहकार्यलाई थप मजबुत बनाउने र आपसी विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन्।
उनले नेपाल–जर्मनीबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै भविष्यमा विकास, सहकार्य र साझेदारीका नयाँ अवसरहरू सिर्जना हुने अपेक्षा समेत व्यक्त गरेकी छन्।
ह्याम्बर्गमा आयोजित उक्त सम्मेलनमा विभिन्न देशका राजनीतिक नेतृत्व, नीति निर्माता, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया