दुई कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालंगा हाइड्रो (KAHL) र सानिगाड हाइड्रो लिमिटेडको आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कालंगा हाइड्रोको १ करोड ४० लाख कित्ता र सानिगाड हाइड्रोको २ करोड ८५ लाख कित्ता सूचीकृत भएको हो।
कालंगा हाइड्रोले सर्वसाधारणमा वितरण गरेको ४९ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ९१ लाख कित्ता शेयर गरी कुल १ करोड ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। त्यस्तै, सानिगाड हाइड्रो (SGHL) ले सर्वसाधारणमा वितरण गरेको ८५ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड ९९ लाख ५० हजार कित्ता शेयर गरी कुल २ करोड ८५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
अब यी कम्पनीहरुको शेयर भोली अर्थात बिहीबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले यी कालंगालाई ९८ रुपैयाँ ५६ पैसादेखि २९५ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ भने सानिगाडलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज दिएको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया