Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

राष्ट्रिय सभाको बैठक आज बस्दै: विनियोजन विधेयकका विभिन्न शीर्षकमा छलफल हुने


काठमाडौँ। राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गतका विभिन्न मन्त्रालय तथा निकायहरूको बजेट शीर्षकमाथि गहन छलफल हुने कार्यसूची रहेको छ।

बैठकको प्रारम्भमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले प्रतिनिधि सभाबाट प्राप्त आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ का सम्बन्धमा प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्ने कार्यक्रम तय गरिएको छ।

यसपछिको बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि समूहकृत रूपमा छलफल हुनेछ। आजको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालय रहेका छन्। साथै, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा पनि आजको बैठकमा छलफल हुने सचिवालयले जनाएको छ।

सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिने र छलफललाई अघि बढाउने कार्यसूची रहेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट