चलचित्र विधेयकमा १२२ संशोधन प्रस्ताव दर्ता
काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन चलचित्र विधेयकमाथि १२२ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। सांसदहरूले २४ समूहमा विभाजित गर्दै ती संशोधन प्रस्तावहरू दर्ता गरेका हुन्।
संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूमा खड्ग शाही, निश्कल राई, वासना थापा, सुशिला ढकाल (आचार्य), सन्तोष सुब्बा, रेखा कुमारी यादव, रेनुका काउँचा, कमल सुवेदी, सरस्वती लामा, गंगालक्ष्मी अवाल, भीमकुमारी बुढामगर, गुरुप्रसाद बराल र पार्वती वि.क. लगायत रहेका छन्।
त्यसैगरी मनिष झा, रिमा विश्वकर्मा, समिक्षा बास्कोटा, सुलभ खरेल, गणेश कार्की, अनुश्का श्रेष्ठ, विपिन कुमार आचार्य, ज्ञान बहादुर शाही, गणेशबहादुर विश्वकर्मा, भुमिका लिम्बु सुब्बा, प्रकाशचन्द्र परियार, रमेश कुमार मल्ल र भूमिका श्रेष्ठले पनि विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका छन्।
यो विधेयक २०८२ वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो। राष्ट्रिय सभाले २०८२ माघ २८ गते पारित गरी प्रतिनिधिसभामा पठाएको हो।
प्रतिनिधिसभामा अहिले विधेयकमाथि छलफल भइरहेको छ।
२०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गर्दै संघीय संरचना र नयाँ प्रविधिअनुसार बनाउन यो विधेयक ल्याइएको हो। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक उद्योगका रूपमा विकास गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, तथा स्वदेशी–विदेशी चलचित्र प्रदर्शनअघि जाँच गर्ने व्यवस्था गर्ने उद्देश्य विधेयकले राखेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया