Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित


काठमाडौं । राष्ट्रियसभाले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ।

आज बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्, जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो।

अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यले ल्याइएको उक्त विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा पुगेको थियो। राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिले गरेको संशोधनलाई अनुमोदन गरेपछि अब विधेयक पुनः प्रतिनिधिसभामा पठाइने भएको छ।

विधेयकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री गौतमले सार्वजनिक खरिद प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी, व्यवस्थित र नतिजामुखी बनाउने लक्ष्यसहित संशोधन प्रस्ताव गरिएको स्पष्ट पारिन्।विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रस्तुत गरिएको विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सदस्य रेणु चन्दले आफ्नो धारणा राखेकी थिइन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट