चार विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रियसभाबाट संशोधनसहित फिर्ता आएका चारवटा विधेयकलाई स्वीकृति दिएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ मा राष्ट्रियसभाले गरेको संशोधनलाई अनुमोदन गरेको हो।
प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई स्वीकार गर्ने प्रस्ताव प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको छ।
त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको राष्ट्रियसभाको संशोधन पनि सर्वसम्मतिले स्वीकृत भएको छ।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पेश गरेको ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको राष्ट्रियसभाको संशोधन भने बहुमतबाट अनुमोदन गरिएको हो।
विधेयकमाथिको छलफलमा सांसद पार्वती विकले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री रावलले विधेयक आवश्यकताका आधारमा तयार गरिएको बताइन्। उनले कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न व्यापक छलफलपछि मात्रै संशोधन प्रस्ताव ल्याइएको स्पष्ट पारिन्।
यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तुत गरेको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि राष्ट्रियसभाले गरेको संशोधनलाई पनि प्रतिनिधिसभाले सर्वसम्मतिले स्वीकृत गरेको छ।
प्रतिनिधिसभाको अर्को बैठक असार २६ गते शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया