ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्रका उद्यमी तथा व्यवसायीसँग आज (शुक्रबार) छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे तय गरिएको भेटवार्तामा ऊर्जा क्षेत्रका समसामयिक समस्या, लगानीको वातावरण तथा समाधानका उपायबारे छलफल हुने जनाइएको छ।
ऊर्जा क्षेत्रका एक व्यवसायीका अनुसार प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा देखिएका चुनौती, नीतिगत सुधार र निजी क्षेत्रका सुझावबारे प्रत्यक्ष संवाद गर्न उद्यमीहरूलाई छलफलका लागि आमन्त्रण गरेका हुन्।पछिल्ला केही दिनयता प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीसँग नियमित भेटघाट गर्दै निजी क्षेत्रका समस्या, लगानी प्रवर्द्धन र आर्थिक गतिविधिलाई गति दिने विषयमा परामर्शलाई तीव्रता दिएका छन्।
क्याटेगोरी : राजनीति












प्रतिक्रिया