रास्वपा सचिवालय बैठकले के–के गर्यो निर्णय ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ ।
स्टार्ट–अप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी आरएटी(र्यापिड एक्सन टिम) को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उप–प्रमुखमा पूर्व डीआईजी (एपीएफ) विदुर खड्कालाई मनोनयन गरेको छ ।
यस्तै सचिवालय बैठकले कर्णाली प्रदेशको सह–महामन्त्रीमा राज बहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ।
बैठकका निर्णयहरू
- भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गर्ने निर्णय गरियो । २०८३ जेठ २: वडा भेला (समिति गठन नभएका वडाहरूमा) जेठ ३: वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा) जेठ ९: पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा) जेठ १०: पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका) जेठ १६: वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा) जेठ १७: पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका) जेठ २३ र २४: जिल्ला अधिवेशन
- विभिन्न तह, विभागबाट भएको सिफारिसको आधारमा तपसिल बमोजिम मनोनित गर्ने । क. RAT समन्वय विभाग प्रमुख श्री बैकुण्ठ थापा (आशिष) र उपप्रमुख श्री बिदुर खड्का (पूर्व एपीएफ डिआइजी)। ख. स्टार्टअप विभाग प्रमुख डा प्रभात अधिकारी, सचिव श्री हरि जोशी। ग. शिक्षा विभाग प्रमुख श्री मिलन पाण्डे । घ. कर्णाली प्रदेश सहममन्त्री श्री राजबहादुर शाह र श्री अविसरा सुवेदी ङ. केन्द्रीय संगठन विभाग सदस्य श्री गोपाल प्याकुरेल (कर्णाली) । च. कञ्चनपुर जिल्ला सभापति श्री पदम बिष्ट।
- प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने । जिल्ला अधिवेशनको तयारी गर्ने ।
- पार्टी हित विपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरियो।
- पार्टी केन्द्रीय समितिको आगामी बैठक २०८३ वैशाख ३० गते आयोजना गर्ने ।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया