एउटै समितिमा चार दलका शीर्ष नेता
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत गठित विषयगत समितिहरूमध्ये राज्य व्यवस्था तथा सुशासन समितिमा चार फरक दलका शीर्ष नेताहरू एकैसाथ सदस्य बनेका छन्।
प्रतिनिधिसभाले गत शुक्रबार १० वटा विषयगत तथा दुई संयुक्त समितिका सदस्यहरू चयन गर्ने क्रममा प्रमुख दलका नेताहरूलाई यही समितिमा राखिएको हो। २६ सदस्यीय यस समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाही समावेश छन्।
रवि लामिछाने र पुष्पकमल दाहाल यसअघि विघटित प्रतिनिधिसभाको कार्यकालमा पनि सोही समितिमा कार्यरत थिए।
समितिमा अन्य सदस्यहरूका रूपमा अफ्साना बानु, अमरेश कुमार सिंह, अर्जुननरसिंह के.सी., कमल सुबेदी, करिस्मा कठरिया, कविन्द्र बुर्लाकोटी, गजाला शमीम मिकरानी, गणेश कार्की, निश्कल राई, पद्माकुमारी अर्याल, पुरुषोत्तम यादवलगायत रहेका छन्।
त्यसैगरी बिश्वराज पोखरेल, भीष्मराज आङ्देम्बे, मोहम्मद इश्तियाक राई, युवराज दुलाल, रमेश प्रसाईं, रवीन्द्र पटेल, राम लामा, रुबिना आचार्य, रेखा कुमारी यादव, विष्णुमाया बि.क., श्रद्धा कुवर क्षेत्री र हरि ढकाल पनि उक्त समितिका सदस्य छन्।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया