राष्ट्रिय सभाको बैठक मंगलबारसम्मका लागि स्थगित
काठमाडौं । सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक मंगलबार अथात् भोलि बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा विवादित अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा बैठकमा सांसदहरूले अवरोध सिर्जना गरेपछि बैठक भोली(मंगलबार)सम्मका लागि स्थगित गरिएको हो।
बैठकमा सांसदहरूले प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै नाराबाजी गरेपछि सुरुमा बैठक २० मिनेटका लागि स्थगित गरिएको थियो।
आकस्मिक समयमा सांसदहरूले आफ्ना भनाइ राखिसकेपछि सबै सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। राष्ट्रिय सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट पनि छैन।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आन्दोलित सांसदहरूलाई बस्न र संसद्को नियमित कार्यसूची अगाडि बढाउन पटक–पटक आग्रह गरे।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया