लामिछानेले आज भाजपा अध्यक्षसहित उच्च तहका नेताहरूसँग भेटवार्ता गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नविनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।
भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेको सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका हुन् ।
भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने बताइएको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया