बालेननिकट भूपदेव शाह महामन्त्री, रास्वपाको सचिवालय पुनर्गठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह निकट मानिएका भूपदेव शाहलाई महामन्त्रीमा मनोनीत गर्दै संगठनात्मक पुनर्गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई प्रमुख जिम्मेवारीमा ल्याएको हो ।
भूपदेव शाहको मनोनयनलाई पार्टीभित्र शक्ति सन्तुलन र संगठन विस्तारको रणनीतिका रूपमा हेरिएको छ । बालेन्द्र शाहसँग नजिक मानिने उनको उदयले पार्टीभित्र नयाँ ध्रुवीकरण र प्रभाव विस्तारको संकेत गरेको छ ।
बैठकले सागर ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय पनि गरेको छ । यससँगै रास्वपाको सचिवालय संरचनामा आंशिक फेरबदल भएको छ ।
सचिवालय पुनर्गठनसँगै पार्टीले आगामी राजनीतिक कार्यक्रम र संगठन सुदृढीकरणमा जोड दिने संकेत गरेको छ ।
यस्तो छ नयाँ सचिवालय संरचना
रवि लामिछाने — सभापति ।
स्वर्णिम वाग्ले — उपसभापति ।
कविन्द्र वुर्लाकोटी — महामन्त्री ।
भूपदेव शाह — महामन्त्री ।
विपिन आचार्य — सहमहामन्त्री ।
लिमा अधिकारी — कोषाध्यक्ष ।
वसुमाया तामाङ — सह–कोषाध्यक्ष ।
मनिष झा — प्रवक्ता ।
गणेश पराजुली — सचिवालय सदस्य ।
दीपक बोहरा — सचिवालय सदस्य ।
विराजभक्त श्रेष्ठ — सचिवालय सदस्य ।
शिशिर खनाल — सचिवालय सदस्य ।
सोबिता गौतम — सचिवालय सदस्य ।
हरि ढकाल — सचिवालय सदस्य ।
सागर ढकाल — सचिवालय सदस्य ।
सरिताश्री ज्ञवाली — सचिवालय सदस्य ।
रास्वपाले नयाँ नेतृत्व व्यवस्थापनमार्फत संगठनलाई थप गतिशील बनाउने प्रयास गरेको देखिएको छ ।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया