नेपालसँग सहकार्य विस्तार गर्न मोदी प्रतिबद्ध : जयशंकर
काठमाठौं । भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदी नेपालसँग सहकार्यका लागि प्रतिबद्ध रहेको बताएका छन्। परराष्ट्रमन्त्री शिशिर खनाललाई नयाँ दिल्लीमा स्वागत गर्नेक्रममा संक्षिप्त मन्तव्य राख्दै जयशंकरले यसबारे जानकारी गराएका हुन् । दुई देशहरूको पारस्परिक प्रगति, समृद्धि र कल्याणको लागि नेपालसँग काम गर्ने भारतको चाहानामा प्रधानमन्त्री नरेन्द्र मोदी प्रतिबद्ध रहेको जयशंकरले बताए । ‘म निकै स्पष्ट र खुलस्त ढंगले कुरा राख्छु । नेपाल र भारतको आपसी हित र प्रगतिमा सहकार्य गर्नका निम्ति भारतीय प्रधानमन्त्री मोदी प्रतिबद्ध हुनुहुन्छ,’ उनले भने ।
नयाँ सरकारसँग सहकार्यका विषयमा प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल गरेको उनले बताए ।रविको भ्रमणपछि दुई मुलुकको राजनीतिक सम्बन्ध थप सुदृढ हुने विश्वास रहेको उनले बताए । जयशंकरले नयाँ सरकारको सफलताको शुभकामना पनि दिएका छन् ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया