Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

किन रोकियो रास्वपाको सिन्धुपाल्चोक अधिवेशन ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिन्धुपाल्चोक अधिवेशन हिजो सुरु भएर पनि स्थगित गरिएको छ । रास्वपाले सिन्धुपाल्चोकमा ः हिजो अधिवेशन सुरु भएको र विविध कारणले स्थगित गरेको जनाइएको हो । स्थगित गर्नु परेको ‘विविध कारण’बारे भने रास्वपाले खुलाएको छैन ।

आकांक्षी वीचमा सहमति खोज्न समय लागेको हुँदा अधिवेशन स्थगित गर्नुपरेको जनाइएको छ । सभापति पदका लागि पाँच जना आकांक्षी छन् ।

अधिवेशनका लागि नयाँ मिति तोकिएको छैन । अधिवेशन गराउनका लागि पार्टीले खटाएका निर्वाचन समितिका सदस्य विरामी परेर हिजो काठमाडौं फर्केका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट