गृहमन्त्री र संयुक्त हिन्दू मोर्चाबीच सहमति: १९ बुँदे मागपत्र बुझाउँदै आन्दोलनका सबै कार्यक्रम फिर्ता
जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको दोस्रो चरणको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ।शनिबार राति भएको सम्झौताका अस्पष्टताहरूलाई चिर्दै आइतबार गृहमन्त्रीको उपस्थितिमा भएको करिब डेढ घण्टा लामो छलफलपछि मोर्चाले आफ्ना सबै विरोध तथा आन्दोलनका कार्यक्रम फिर्ता लिने घोषणा गरेको छ।वार्ताका क्रममा मोर्चाले पूर्वघोषित १३ बुँदे मागमा थप ६ बुँदा समावेश गरी कुल १९ बुँदे मागपत्र गृहमन्त्री गुरुङसमक्ष औपचारिक रूपमा पेस गरेको छ। प्राप्त मागहरूलाई सरकारले सकारात्मक रूपमा लिँदै तिनको कार्यान्वयनका लागि उपयुक्त समयमा आवश्यक समिति गठन गर्ने समझदारी बनेको छ।
वार्तामा आन्दोलनका क्रममा पक्राउ परेका सम्पूर्ण प्रदर्शनकारीहरूलाई विनाशर्त रिहा गर्ने, उनीहरूमाथि कुनै पनि मुद्दा नचलाउने र आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीमाथि निष्पक्ष छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने विषयमा दुवै पक्षबीच सहमति जुटेको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार अघिल्लो दिनको लेटरप्याड र हस्ताक्षरसम्बन्धी असमझदारीलाई यस वार्ताले स्पष्ट पारेको छ। सञ्चारमाध्यममा आएका भ्रमबारे गृहमन्त्रीले स्पष्टीकरण दिएपछि मोर्चाका प्रतिनिधिहरू सन्तुष्ट भई आन्दोलन फिर्ता लिन तयार भएका हुन्।हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले सरकारका तर्फबाट अबदेखि प्रदर्शनकारीमाथि गोली नचलाइने प्रतिबद्धता आएको र मागहरू सम्बोधन गर्ने आश्वासन पाएकाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्।
गृहमन्त्री गुरुङले पनि जिल्ला प्रशासन कार्यालय र यात्री निवासमा गरी दुवै चरणमा प्राप्त भएका मागपत्रहरू सरकारका तर्फबाट ग्रहण गर्दै शान्ति-सुरक्षा र संवादको बाटो रोजेकोमा मोर्चालाई धन्यवाद व्यक्त गरेका छन्।
सम्बन्धित समाचार
मिल्न पनि नसक्ने, फुट्न पनि नसक्ने मोडमा कांग्रेस
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी कांग्रेस अहिले मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने अवस्थामा छ। गत भदौ २३ र २४ को जेनजी विद्रोहसँगै पार्टीभित्र बढ्दै...
अरूको शरीरमाथि खेलबाड नगर, आईभीएफ कानून ल्याऊ
केही दिनयता, ‘डिम्ब तस्करीमा छोरी जोगाउन मुद्दै खारेज’ नामक विषयले चर्चा पाएको छ। यो विषयले अन्तरिम सरकारले नियुक्त गरेको महान्यायाधिवक्तासँग सिधै...
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागका...
निर्मल पुर्जालगायत आरोहीहरूको निधनप्रति सरकारद्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । नेपाल सरकारले विश्वको १२औं अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका क्रममा गएको हिमपहिरोमा परी प्रसिद्ध आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहितका...







