,
,,::
KTM Post Logo
Nepal Voices

निर्मल पुर्जालगायत आरोहीहरूको निधनप्रति सरकारद्वारा गहिरो दुःख व्यक्त

📰
KTM Post

काठमाडौं । नेपाल सरकारले विश्वको १२औं अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका क्रममा गएको हिमपहिरोमा परी प्रसिद्ध आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहितका आरोहीहरूको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ।परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यही साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा गएको हिमपहिरोमा परी नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको निधनले पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ।घटनालगत्तै पाकिस्तानका निकायहरू र नेपाली टोलीको संयुक्त प्रयासमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। हालसम्म पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव फेला परिसकेको छ भने अन्यको खोजी कार्य जारी छ।

दिवङ्गत आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासबाट आवश्यक सहजीकरण भइरहेको मन्त्रालयले जानकारी दिएको छ। सरकारले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

सम्बन्धित समाचार

मिल्न पनि नसक्ने, फुट्न पनि नसक्ने मोडमा कांग्रेस 1

मिल्न पनि नसक्ने, फुट्न पनि नसक्ने मोडमा कांग्रेस

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी कांग्रेस अहिले मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने अवस्थामा छ। गत भदौ २३ र २४ को जेनजी विद्रोहसँगै पार्टीभित्र बढ्दै...

अरूको शरीरमाथि खेलबाड नगर, आईभीएफ कानून ल्याऊ 1

अरूको शरीरमाथि खेलबाड नगर, आईभीएफ कानून ल्याऊ

केही दिनयता, ‘डिम्ब तस्करीमा छोरी जोगाउन मुद्दै खारेज’ नामक विषयले चर्चा पाएको छ। यो विषयले अन्तरिम सरकारले नियुक्त गरेको महान्यायाधिवक्तासँग सिधै...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग 1

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागका...

एमालेमा बागमतीको मुख्यमन्त्री थपलियालाई बनाउने सहमति 1

एमालेमा बागमतीको मुख्यमन्त्री थपलियालाई बनाउने सहमति

काठमाडौं। बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएसँगै एमालेले मुख्यमन्त्रीको नाम टुंगो लगाएको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा...