Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

२५ जना सहसचिवको सरुवा, को कहाँ ?


काठमाडौं । सरकारले बिहीबार एकैपटक २५ सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका पाँच सहित २५ सहसचिवलाई विभिन्न कार्यालयमा सरुवा गरिएको हो ।

जसमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाइएका प्रदीप परियारलाई सोही कार्यालयमा स्थायी रुपमै सरुवा गरिएको छ ।

अर्थमन्त्रालयका पाँच जना सहसचिवहरूलाई विभिन्न प्रदेश पठाइएको छ । अर्थमन्त्रालय अन्तर्गतका सेवन्तक पोखरेल र महेश बराल मधेश प्रदेश पुगेका छन् भने महेश भट्टराई बागमती, मदन दाहाल सुदूरपश्चिम र सुशीला अर्याल लुम्बिनी प्रदेशमा सरुवा भएका छन् । यी मध्ये महेश भट्टराई र सेवन्तक पोखरेल आगामी आर्थिक वर्षको बजेट लेखन समितिमा रहेका थिए ।

प्रदेशमा जानेमध्ये मधेश र लुम्बिनीमा ५–५ जना, बागमतीमा ४ जना, कोशी र गण्डकीमा २–२ तथा कर्णाली र सुदूरपश्चिममा एक–एक जना पठाइएको छ ।

No description available.

No description available.

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट