मधेश प्रदेशमा राप्रपाको रिक्त सिटमा सरिताकुमारी ठाकुर सांसद सिफारिस
काठमाडौं । राप्रपाले मधेश प्रदेशमा रिक्त प्रदेश सभा सदस्य पदमा महोत्तरीकी सरिता कुमारी ठाकुरलाई सिफारिस गरेको छ।
यसअघि सांसद रहेकी कञ्चन बिच्छाले पार्टीको अनुशासन उल्लङ्घन गरेकाले पार्टीले फिर्ता बोलाइ कारबाही गरेको थियो । अदालतले उनको रिट समेत खारेज गरी सांसद पदबाट पदमुक्त भएकी थिइन्।
बिच्छा पदमुक्त भएपछि रिक्त स्थानमा सिफारिस गरी पठाउन निर्वाचन आयोगबाट पत्र प्राप्त भएकाले सोही क्लस्टरको समानुपातिक सूचीको दोस्रो नम्बरमा रहेकी ठाकुरलाई सिफारिस गरिएको जनाइएको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया