डोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ जना घाइते
काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
आइतबार दिउँसो करिब १ः५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा जिपमा सवार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–८ का ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको छ ।
जिपमा चालकसहित १४ जना सवार थिए । दुर्घटनामा चालकसहित अन्य १३ जना घाइते भएका छन् ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ । उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया