नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
धितोपत्रसम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आशंकामा अनुसन्धान गर्दै जाँदा श्रेष्ठ पक्राउ परेका हुन्। पक्राउबारे एआईजी मनोज केसीले पुष्टि गरेका छन्।
क्याटेगोरी : समाचार












प्रतिक्रिया