Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

ट्रम्पका विशेष दूत गोर काठमाडौं आउँदै


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदैछन् । उनी आज साँझ काठमाडौं ओर्लिने जनाइएको छ ।

बालेन शाह नेतृत्वमा सरकार गठन भएयता नेपाल भ्रमणमा आउने गोर सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन् ।

३९ वर्षीय गोर दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत हुन् । उनी हाल भारतका लागि अमेरिकी राजदूतका रूपमा पनि कार्यरत छन् । ट्रम्पका निकट सहयोगी मानिने उनलाई भारतका लागि राजदूतसँगै दक्षिण तथा मध्य एशियाका विशेष दूतको जिम्मेवारी पनि दिइएको छ ।

यस हिसाबले गोरको हैसियत ७ वैशाखमा काठमाडौं आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरभन्दा उच्च मानिन्छ ।

पहिलोपटक काठमाडौं आउन लागेका गोरको नेपाल भ्रमण मुख्यतस् व्यवसाय, लगानी र दुई देशका सरकारबीच सम्बन्ध विस्तार लगायतका विषयमा केन्द्रित हुने जनाइएको छ । गोरले नेपाल बसाइको क्रममा राजनीतिक भेटघाट गर्ने भनिए पनि प्रधानमन्त्री बालेन शाहलाई भेट्नेरनभेट्ने निश्चित भइसकेको छैन ।

प्रधानमन्त्री बालेन शाहलाई गोरले भेट्ने निश्चित नभइसकेको जनाइएको छ । गोरले अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट्ने निश्चित भइसकेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट