Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

भट्ट र गोल्छाको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै


काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षकरण रिटउपर आज सर्वोच्चमा सुनुवाइ हुँदैछ ।

भट्ट पत्नी आयुस्मा नेपालले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलास र गोल्छा पत्नी सिमाले दायर गरेको रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

भट्ट चैत १९ गते सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका हुन् । त्यस्तै गोल्छामाथि शेयर खरिद चलखेल कसुरमा नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा सीआईबीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट