Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

लालीबजार फिल्म विवाद : उच्च अदालतको अल्पकालीन आदेशलाई निरन्तरता, भोलि निर्णायक छलफल


काठमाडौं । चलचित्र लालीबजार सम्बन्धी विवादमा उच्च अदालत पाटनले यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।

मंगलबार न्यायाधीश गीताप्रसाद तिम्सिना र दीपक खनाल को संयुक्त इजलासले सुनुवाइ गर्दै उक्त आदेशलाई यथावत् राख्ने निर्णय गरेको हो। यसअघि वैशाख १५ गते अदालतले पहिलो पटक अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो, जसका कारण चलचित्रको प्रदर्शन अस्थायी रूपमा रोकिएको थियो।

अब चलचित्र प्रदर्शन गर्ने वा नगर्ने भन्ने विषयमा अन्तिम निर्णयतर्फ अघि बढ्दै अदालतले बुधबारका लागि अर्को पेसी तोकेको छ। सो दिन दुवै पक्षबीच विस्तृत छलफल हुने छ, जसले फिल्मको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ।

अदालतले छलफलका लागि आवश्यक प्रमाण संकलन गर्न पनि आदेश दिएको छ। विशेषगरी, उच्च सरकारी वकिलको कार्यालयलाई चलचित्र जाँच समितिबाट सार्वजनिक प्रदर्शनका लागि दिइएको अनुमतिसम्बन्धी सम्पूर्ण सक्कल फाइल पेश गर्न निर्देशन गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट