सुकुम्बासी हटाएपछि प्रभावित परिवारको विवरण संकलन तीव्र, ३ हजार बढी दर्ता
काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको विवरण संकलन कार्य तीव्र पारिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या हालसम्म ३ हजार १ सय ११ पुगेको छ।
बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख १२ गतेदेखि संयुक्त रूपमा रंगशालामा बसेर तथ्यांक संकलन गर्दै आएका छन्। रंगशालाको पश्चिमतर्फ छुट्टाछुट्टै डेस्क स्थापना गरी प्रभावित परिवारलाई फारम भर्न लगाउने र आवश्यक विवरण संकलन गर्ने काम भइरहेको छ।
प्रभावित नागरिकहरूको आधारभूत आवश्यकता सम्बोधन गर्न सहायक सेवाहरू पनि सञ्चालनमा ल्याइएको छ। रंगशालाभित्र स्वास्थ्य परीक्षण, खानपान व्यवस्था तथा राष्ट्रिय परिचयपत्र बनाउने सेवा उपलब्ध गराइएको छ। यी सबै व्यवस्थापन तथा समन्वयको जिम्मेवारी काठमाडौं महानगरपालिकाले सम्हालिरहेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया