खोला किनारमा बसेको मान्छेहरूको जीवन हुन्छ कि हुँदैन : राप्रपा सचेतक ओली
राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले सरकारले सुकुम्वासीको उठीबास लगाएको भन्दै आपत्ती जनाएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले सुकुम्वासीको उद्धार गरेको नभई उठीबास लगाएको बताइन् । उनले गरिब जनताले बनाएको घरमा डोजर चलेकै कारणले दुई जनाले आत्महत्या गर्न बाध्य पारिएको बताइन् ।
उनले भनिन्, – ‘यहाँ त मृत्युको पनि वर्ग हुँदोरहेछ । गरिब भूइमान्छेको मृत्युलाई त वेवास्ता गरिँदो रहेछ । हिजो सत्तारुढ दलका साथीहरूले मानिसको जीवन प्रमुख हो सिंहदरबार त सयौँ बनाउन सकिन्छ । म उहाँहरूलाई प्रश्न गर्न चाहन्छु, खोला किनारमा बसेको मान्छेहरूको जीवन हुन्छ कि हुँदैन ?’
विस्थापित गर्नुअघि व्यवस्थापन गर्नुपर्ने कुरा उठाउँदा आफूहरूलाई आलोचित गरिएको बताइन् ।
क्याटेगोरी : राजनीति, समाचार










प्रतिक्रिया