Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

बाराको ३ नम्बर पुल क्षेत्रको बस्तीमा चल्यो डोजर


काठमाडौं । डिभिजन वन कार्यालय बाराले ३ नम्बर पुल नजिकको बस्ती डोजर लगाएर खाली गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा शुक्रबार बिहान डोजर लगाएर बस्ती हटाइएको हो ।

वन क्षेत्र र निकुञ्जको क्षेत्रमा बस्ती रहेकाले हटाउनु परेको जनाइएको छ । दुई हप्ता अघि सडक विभागको सूचना पछि त्रिभुवन राजपथको दुवैतर्फ २५–२५ मिटर आफैंले खाली गरेर व्यवसायीहरुले सडक सीमाभन्दा बाहिर व्यवसाय गरिरहेका थिए । त्यसैमा आज डोजर चलाइएपछि राज्यले दमन गरेको आरोप व्यवसायीहरुले लगाएका छन् ।

स्थानीय अगुवा अनिल पाख्रिनले २०४५ सालबाट यहाँ व्यवसाय गरिरहेका स्थानीयलाई राज्यले ज्यादतीपूर्ण तरिकाले हटाएको गुनासो गरे ।

त्रिभुवन राजमार्गको हेटौंडा–पथलैया खण्डमा पर्ने तीन नम्बर पुल क्षेत्र यो मार्ग भएर यात्रा गर्ने यात्रुहरुको विश्रामस्थलको रुपमा परिचित थियो । ७० भन्दा धेरै व्यवसायीको होटल व्यवसाय सन्चालनमा रहेको यो बजार खाली भएपछि स्थानीय जीविकोपार्जनलाई लिएर चिन्तित छन् ।

स्थानीय व्यवसायी मिनाकुमारी रुम्बाले पसलकै कमाइबाट १२ लाख रुपैयाँ खर्च गरेर केही दिन अघि मात्रै नयाँ घर बनाएकी थिइन् । तर जिल्ला वन कार्यालयले भने पटकपटक माइकिङ र लिखित सूचना बस्तीमा टाँस्दा पनि स्थानीयले अटेर गरेकाले डोजर चलाउनु परेको बताएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट