एकतर्फी खुल्यो बीपी राजमार्ग
काठमाडौं । बीपी राजमार्ग एकतर्फी खुलेको प्रहरीले जनाएको छ । गएरातिको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको राजमार्ग आज बिहान ८:४५ बजेदेखि एकतर्फी खुलाइएको हो ।
डाइभर्सन बगाएको स्थानमा मर्मत गरी हाललाई एकतर्फी मात्र बाटो सुचारु गरिएको जनाइएको छ । पूर्णरूपमा बाटो सञ्चालन गर्नका लागि अझै केही समय लाग्ने जनाइएको छ ।
प्रहरीले लेन अनुशासन कायम सावधानीपूर्वक यात्रा गर्न अनुरोधसमेत गरेको छ । साथै बाटोको अवस्थाबारे कुनै जानकारी लिनुपरेमा १०० वा १०३ नम्बरमा सम्पर्क गर्न पनि प्रहरीले भनेको छ ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया