Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

पक्राउ परेका मेयर सिंहविरुद्धको मुद्दा मुख्यन्यायाधीश रेग्मीको इजलासमा


काठमाडौं । लिखतसम्बन्धी कसुरमा पक्राउ परेका वीरगन्जका मेयर राजेशमान सिंहविरुद्धको मुद्दा एक नम्बर न्यायाधीशको इजलासमा परेको छ । जिल्ला अदालत पर्साका मुख्यन्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा मेयर सिंहको मुद्दा परेको जनाइएको छ ।

अब उक्त मुद्दामा बयान लिने काम सुरु हुनेछ, त्यसपछि थुनछेक बहस हुनेछ । बहसपछि अदालतले मेयर सिंहलाइ पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्नेबारे आदेश दिनेछ।

पर्सा प्रहरीले मेयरलाइ आजै पक्राउ गरेर अदालतमा हाजिर गराएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट