सशस्त्रका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा
काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरिएको हो ।
उनलाई गत जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया