Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी अघि बढाएको छ।

बोर्डका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा प्रशासनिक कामहरू अन्तिम चरणमा पुगेका छन्। सबै प्रक्रिया समयमै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बोर्डले जनाएको छ।

यस वर्ष कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि सञ्चालन गरिएको थियो। उक्त परीक्षामा करिब ४ लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए।

नतिजा सार्वजनिक गर्ने मिति नजिकिँदै गर्दा विद्यार्थी तथा अभिभावकहरूमा प्रतीक्षा बढेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट