६ दिनपछि फिर्ता भयो हर्क साम्पाङको फेसबुक
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङको फेसबुक पेज फिर्ता आएको छ ।‘हर्क साम्पाङ अ रिभोलुसन’ नामक फेसबुक आइडी गत वैशाख ३ गतेदेखि सर्च गर्दा नदेखिने गरी ‘सस्पेन्डेड’ भएको थियो ।
सुरुआतमा ह्याक भएको आशंका गरिए पनि पछि रिपोर्टका आधारमा फेसबुकले आइडी निलम्बन गरेको खुलेको थियो । ६ दिनपछि आइडी पुनः सक्रिय भएसँगै समर्थकहरूले राहत महसुस गरेका छन् । यद्यपि, कसले, किन र के उद्देश्यले रिपोर्ट गरेको भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।
सरकारले पूर्वपश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ भनी उल्लेख गरेपछि साम्पाङले व्यंग्य गर्दै ‘यलम्बर सडक’ नाम राख्नुपर्ने यही पेजमार्फत अभिव्यक्ति दिएका थिए । त्यसपछि फेसबुकबाट यो पेज हटेको थियो ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया