लिचीको मुल्य घट्यो, किलोको कति ?
काठमाडौं । लिचीको मुल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार एकैदिन लिचीको मुल्य ५४ प्रतिशत घटेको हो ।
अहिले कालीमाटी बजारमा लोकल र भारतीय गरी २ प्रकारका लिची किन्न पाइन्छ । आज स्थानीय लिचीको भाउ प्रतिकिलो १ सय ३० रुपैयाँले घटेको छ । जुन ५४ प्रतिशतको गिरावट हो । सोमबार प्रतिकिलो २ सय ४० रुपैयाँमा किनबेच भएको स्थानीय लिचीको भाउ आज प्रतिकिलो १ सय १० रुपैयाँ कायम छ ।
यस्तै भारतीय लिचीको मुल्य स्थिर छ । भारतीय लिची आज प्रतिकिलो २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
जेठ पहिलो सातादेखि बजारमा लिची आउन थालेको थियो । त्यतिबेला लिची प्रतिकिलो अधिकतम ३०० देखि औसत २७६ रुपैयाँसम्म कारोबार भएको थियो ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया