Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

स्वचालित प्रणालीअनुरूप गाडी भाडा समायोजन गर्न व्यवसायीको माग


काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्वचालित प्रणालीअनुरूप गाडी भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।

नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएसँगै महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वचालित प्रणालीबमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गरेका हुन् ।

इन्धनको मूल्यवृद्धि हुँदा भाडा बढाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सिर्जना गर्ने गरेको भन्दै उनले चाँडै भाडा समायोजन गर्न आग्रह गरे ।

सिटौलाले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्यमात्र नभएर सञ्चालन खर्च, मर्मत, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाटपुर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्याङ्कन हुनुपर्ने बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट