Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

थमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतोलाई पाँच वर्ष कैद


काठमाडौं । उच्च अदालत जनकपुरले असई थमन विक हत्या प्रकणरमा पूर्वसांसद लक्ष्मी महतोलाई पाँच वर्ष कैद हुने फैसला सुनाएको छ ।

बुधबार मुख्य न्यायधीश टेकनारयण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले सो फैसला सुनाएको हो ।

‘प्रतिवादीहरू लक्ष्मी महतो र पवन कापरलाई आरोपित कसुरबाट सफाइ दिएको महोत्तरी जिल्ला अदालतको मिति २०८०/०८/२८ को फैसला सो हदसम्म नमिलेको हुँदा केही उल्टी भई प्रतिवादीहरू अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १७ (२) बमोजिम जनही ५(पाँच) वर्ष कैद सजाय हुने ठहर्छ,’ फैसलाको संक्षिप्त विवरणमा भनिएको छ ।

उच्च अदालतले महोत्तरी जिल्ला अदालतको मिति २०८० मंसिर २८ को फैसला केही उल्टी गर्दै महतोसहित प्रतिवादीहरू अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही ५ वर्ष कैद सजाय हुने ठहर गरेको छ ।

दोस्रो मधेस आन्दोलनको क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा असई थमन विकको एम्बुलेन्सबाट थुतेर आन्दोलनरत पक्षबाट हत्या गरेको दाबीसहित मुद्दा चलेको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट