Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

नेपालमा पहिलो पटक होम्स इन्स्टिच्युट अस्ट्रेलियाको एलुमनाई तथा पार्टनर्स मिट सम्पन्न


काठमाडौं । होम्स इन्स्टिच्युट अस्ट्रेलियाले नेपालमा पहिलो पटक नेपाल एलुमनाई तथा पार्टनर्स मिट आयोजना गरेको छ। काठमाडौंमा सम्पन्न कार्यक्रममा संस्थाका स्नातक, शिक्षा एजेन्ट पार्टनर, सञ्चारकर्मी तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता होम्स इन्स्टिच्युट अस्ट्रेलियाका अन्तर्राष्ट्रिय भर्ती निर्देशक इन्द्र अधिकारीले गरेका थिए। उनले नेपाललाई संस्थाका लागि विद्यार्थी स्रोत मात्र नभई दीर्घकालीन शैक्षिक सम्बन्ध र साझेदारीको महत्वपूर्ण केन्द्रका रूपमा लिइएको बताए।कार्यक्रममा होम्स एजुकेशन ग्रुपको प्रस्तुति, प्रमुख कार्यकारी अधिकृतको विशेष सन्देश, सांस्कृतिक कार्यक्रम तथा नेटवर्किङ सत्र आयोजना गरिएको थियो। सहभागीहरूले अस्ट्रेलियामा अध्ययनपछि स्वदेश फर्किएका विद्यार्थीहरूको अनुभव र योगदानबारे समेत छलफल गरेका थिए।

एसोसिएसन अफ नेपालिज एलुमनाई अस्ट्रेलियाका अध्यक्ष अनन्त पौडेल तथा होम्स इन्स्टिच्युटका स्नातक सुजन कार्कीले अस्ट्रेलियामा अध्ययन गरेर फर्किएका नेपालीहरू विभिन्न क्षेत्रमा सक्रिय रहेको उल्लेख गरे।आयोजकका अनुसार नेपालमा पहिलो पटक गरिएको यो कार्यक्रमलाई आगामी वर्षहरूमा नियमित रूपमा आयोजना गर्ने योजना रहेको छ, जसले शैक्षिक सहकार्य र नेटवर्क विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

होम्स इन्स्टिच्युट अस्ट्रेलिया व्यवसाय, सूचना प्रविधि र उड्डयन विषयमा शिक्षा प्रदान गर्ने निजी उच्च शिक्षा संस्था हो। यसको मेलबर्न, सिड्नी, ब्रिसबेन र गोल्ड कोस्टमा क्याम्पसहरू सञ्चालनमा छन्। होम्स एजुकेशन ग्रुपले अस्ट्रेलिया, युरोप, उत्तर अमेरिका र अफ्रिकासम्म आफ्नो शैक्षिक गतिविधि विस्तार गर्दै आएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट