बालकोटको घर ओलीले पुननिर्माण नगर्ने, यत्तिकै छोडिदिने
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित आफ्नो घर पुनर्निमाण नगर्ने भएका छन् ।
कुनै बेला नेपालको राजनीतिको केन्द्र विन्दु मानिएको उक्त घरको बार्दलीमा बसेर ओलीले राजनीतिक नेता कार्यकर्तासँग विचार विमर्श गर्दथे । त्यसैकारण ‘बालकोटको वार्दली’ भन्ने मिथक नै बनेको थियो ।
जेनजी आन्दोलनको क्रममा जेनजी आगजनी गरेर ध्वस्त पारिएको त्यो घर अब आफूले पुननिर्माण नगर्ने जानकारी ओली दम्पत्तीले नजिकका नेता कार्यकर्तालाई गराएका छन् ।
क्षेत्रफल सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार बालकोटमा ओलीको डेढ रोपनी ९करिब २४ आना० जग्गा रहेको छ। कतिपयले भने त्यसको क्षेत्रफलक करिब ४ रोपनी रहेको दावी गर्दै आएका छन्, जुन गलत रहेको ओली निकट स्रोतको भनाई छ । त्यहाँको जग्गा ओलीको नाममा नभई उनकी श्रीमती राधिका शाक्यको नाममा रहेको छ। उनले नेपाल राष्ट्र बैंकमा ३३ वर्ष जागिर खाएर आर्जन गरेको कमाइबाट यो जग्गा २०५० को दशकमा जग्गा किनेर घरको निर्माण कार्य २०६०र६१ गरिएको ओली दम्पत्तीले बताउने गरेका छन् ।
ओली २०६३ सालमा उपप्रधानमन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणमा बालकोटमा घर बनाउनका लागि उनले एभरेष्ट बैंकबाट १० लाख र नेपाल बैंकबाट ६ लाख रुपैयाँ ऋण लिएको विवरण सार्वजनिक गरिएको थियो।
आफ्ना सन्तान नभएका ओली दम्पत्तीले विसं २०७७ मा आफू प्रधानमन्त्री रहेकै बेला त्यो घर र जग्गा आफ्नो मृत्युपश्चात नेपाल सरकारको नाममा हुने गरी दान दिने घोषणा गरेका थिए । त्यहीकारण अहिले आफ्नो कमजोर शारिरिक अवस्था र गुण्डुमा घर निर्माण भैरहेकोले बालकोटको घर पुननिर्माण नगर्ने निर्णयमा पुगेको बताइन्छ ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया