सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल्ने
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्यरूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पालिकालाई आग्रह गरेको छ ।
मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो ।
मन्त्रालयले आज परिपत्र निकालेर निजामती सेवा नियमावलीअनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदिई साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा धेरै अवधिको त्यस्तो तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर गर्ने व्यवस्था रहेको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीलाई नियमावलीमा तोकिएको बहाली म्याद सकिँदासमेत रमाना नदिने, विभिन्न बहानामा साविककै कार्यालयमा राखेर काम गराउने र सरुवा भइसकेपछि पनि पूर्व कार्यालयबाटै तलबभत्ता भुक्तानी गर्ने गरेको पाइएको छ । यसले पालिकामा जनशक्ति अभाव भई सेवा प्रवाहमा गम्भीर समस्या सिर्जना हुन पुगेको मन्त्रालय जनाएको छ ।

सम्बन्धित समाचार
रसियन हाउसमा नेपाल–रुस थिएटर सप्ताह सुरु
काठमाडौं । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष तथा बोल्सोई थिएटर स्थापनाको २५०औँ वार्षिकोत्सवको अवसरमा नेपाल–रुस थिएटर सप्ताह...
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै
अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान–श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलिया लैजान पाउने सुविधा हटाउने तयारी गरेको छ...
नेपाल र बंगलादेशबीच टी–२० शृंखला हुँदै
काठमाडौं । नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्ड को सहकार्यमा नेपाल र बंगलादेशबीच टी२० आई क्रिकेट शृंखला हुने भएको छ । उक्त खेल कीर्तिपुर...
कांग्रेस महाअधिवेशन रोक्नुपर्ने अवस्था देखिएन : सर्वोच्च
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्न सहज सुविधा हुनेगरी आदेश दिएको छ । कांग्रेसको महाधिवेशन गर्ने तयारीमा रहेका संस्थापन...




