Techie IT
KTM Post
सोमबार, १८ जेठ, २०८३

एसियन गेम्स छनोट : पुरुषतर्फ चीनमाथि नेपालको फराकिलो जित


काठमाडौं । एसियन गेम्स पुरुष टी–२० क्रिकेट छनोट प्रतियोगितामा नेपालले चीनमाथि एकतर्फी जित हासिल गरेको छ। कुशल भुर्तेलको शानदार शतकीय इनिङ्स र बलरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९।२ ओभरमा ९२ रनमै समेटियो। नेपाली बलरहरूले सुरुदेखि नै दबाब सिर्जना गर्दै चिनियाँ ब्याटिङ लाइनअपलाई टिक्न दिएनन्।
यसअघि नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक शतक प्रहार गर्दै टोलीलाई बलियो योगफलतर्फ डोर्‍याएका थिए। उनको उत्कृष्ट ब्याटिङकै आधारमा नेपालले ३ सय रनको आँकडा पार गरेको थियो।
यो जितसँगै नेपालले प्रतियोगितामा सुखद सुरुआत गर्दै आफ्नो सेमिफाइनल यात्रालाई बलियो बनाएको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट