KTM Post Logo
KTM Post Logo

आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन, भारतमा दर्जन बढी देशका नेता भेला हुँदै

📰
KTM Post

भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, भारत, इरान, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुँदैछन्।

सम्मेलनमा विश्वव्यापी शासन, बहुपक्षीयता, व्यापार तथा लगानी, प्रविधि, खाद्य तथा ऊर्जा सुरक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र आपूर्ति शृंखलालगायत विषयमा छलफल हुने बताइएको छ। भारतले सन् २०२६ का लागि ब्रिक्सको अध्यक्षता गरिरहेको छ। यस वर्षको मुख्य विषय ‘लचिलोपन, नवप्रवर्तन, सहयोग र दिगोपनका लागि निर्माण’ राखिएको छ।

सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसी, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो र इरानी राष्ट्रपति मसूद पेजेश्कियानसहितका नेताहरू सहभागी हुँदैछन्।

इथियोपियाका प्रधानमन्त्री अबी अहमद अली, अबुधाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यान र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम पनि सम्मेलनमा सहभागी हुँदैछन्। ब्राजिल र साउदी अरेबियाले भने विदेशमन्त्रीस्तरका प्रतिनिधि पठाएका छन्।

सम्मेलनमा सहभागी हुन फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर. मार्कोस जुनियर, बुरुन्डीका राष्ट्रपति एभारिस्टे नदाइशिमिए, क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज परिल्ला र नाइजेरियाका उपराष्ट्रपति कासिम शेट्टीमा पनि नयाँ दिल्ली पुगेका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस र विश्व व्यापार संगठन (डब्ल्यूटीओ) की महानिर्देशक एनगोजी ओकोन्जो-इवेला पनि सम्मेलनमा सहभागी हुँदैछन्।

सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न देशका नेतासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङ, अबुधाबीका युवराज, इथियोपियाका प्रधानमन्त्री अबी अहमद, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र भियतनामका प्रधानमन्त्री ले मिन्ह हुङसँग भेट गर्ने कार्यक्रम रहेको छ।

ब्रिक्सले विश्वका प्रमुख उदीयमान अर्थतन्त्रबिच आर्थिक तथा अन्य विषयमा सहकार्यका लागि महत्त्वपूर्ण मञ्चका रूपमा काम गर्दै आएको छ। प्रधानमन्त्री मोदीले सम्मेलनले विश्वको हितलाई ध्यानमा राख्दै सकारात्मक र अर्थपूर्ण छलफल हुने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

इरानका राष्ट्रपति भारतमा 1

इरानका राष्ट्रपति भारतमा

काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन दिल्ली आइपुगेका छन्। भारत आगमनमा उनलाई जहाज मन्त्रालयका राज्यमन्त्री...

चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै 1

चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै

चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसङ्ख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम...

अमेरिकामा काम गर्न झन् कठिन, रोजगारी गुम्नासाथ अमेरिका छाड्नुपर्ने, ग्रेस समय नपाइने 1

अमेरिकामा काम गर्न झन् कठिन, रोजगारी गुम्नासाथ अमेरिका छाड्नुपर्ने, ग्रेस समय नपाइने

काठमाडौं । ट्रम्प प्रशासनले केही आप्रवासीहरूका लागि रोजगार गुमेपछि अमेरिकामा बसेर नयाँ काम वा नयाँ प्रायोजक खोज्न पाइने ६० दिनको छुट अन्त्य गर्ने...

इरानविरुद्ध युद्ध शुरू गरेकोमा कुनै पछुतो छैनः ट्रम्प 1

इरानविरुद्ध युद्ध शुरू गरेकोमा कुनै पछुतो छैनः ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनमा युद्धको असर पर्ने भए तापनि इरानविरुद्ध युद्ध शुरू...