इरानविरुद्ध युद्ध शुरू गरेकोमा कुनै पछुतो छैनः ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनमा युद्धको असर पर्ने भए तापनि इरानविरुद्ध युद्ध शुरू गरेकोमा आफूलाई कुनै पश्चात्ताप नरहेको बताएका छन्।
‘फक्स न्युज’ कि प्रस्तोता लोरा इन्ग्रामसँगको अन्तर्वार्ताका क्रममा निर्वाचनमा पर्ने प्रभावलाई ध्यानमा राख्दै इरानविरुद्धको युद्धप्रति कुनै खेद छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, “म ‘पश्चात्ताप’ भन्ने शब्दमा विश्वास गर्दिनँ। तर तपाईँ सधैँ आफूमाथि केही प्रश्न भने उठाउन सक्नुहुन्छ।”
बिहीबार प्रसारित “द इन्ग्राम एंगल” कार्यक्रममा बोल्दै ट्रम्पले थपे, “यदि मैले यो कार्य पुनः दोहोऱ्याउनु परेको खण्डमा पनि म ठ्याक्कै त्यही गर्ने थिएँ, जुन मैले पहिले गरेँ।”
यसैबीच, ट्रम्पले आफ्ना केही समर्थकहरू युद्धका कारण क्रुद्ध र हतोत्साहित भएका छन् भन्ने दाबीहरूलाई समेत खारेज गरिदिएका छन्।
सम्बन्धित समाचार
आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन, भारतमा दर्जन बढी देशका नेता भेला हुँदै
भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ।दुई दिनसम्म चल्ने सम्मेलनमा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया,...
इरानका राष्ट्रपति भारतमा
काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन दिल्ली आइपुगेका छन्। भारत आगमनमा उनलाई जहाज मन्त्रालयका राज्यमन्त्री...
चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै
चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसङ्ख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम...
अमेरिकामा काम गर्न झन् कठिन, रोजगारी गुम्नासाथ अमेरिका छाड्नुपर्ने, ग्रेस समय नपाइने
काठमाडौं । ट्रम्प प्रशासनले केही आप्रवासीहरूका लागि रोजगार गुमेपछि अमेरिकामा बसेर नयाँ काम वा नयाँ प्रायोजक खोज्न पाइने ६० दिनको छुट अन्त्य गर्ने...




