अमेरिकामा काम गर्न झन् कठिन, रोजगारी गुम्नासाथ अमेरिका छाड्नुपर्ने, ग्रेस समय नपाइने
काठमाडौं । ट्रम्प प्रशासनले केही आप्रवासीहरूका लागि रोजगार गुमेपछि अमेरिकामा बसेर नयाँ काम वा नयाँ प्रायोजक (स्पोन्सर) खोज्न पाइने ६० दिनको छुट (ग्रेस पिरियड) अन्त्य गर्ने प्रस्ताव अघि सारेको छ।
यस प्रस्तावमा एच-१बी भिसामा कार्यरत दक्ष श्रमिकहरूसमेत समावेश छन्। बिहीबार अनलाइनमार्फत जारी गरिएको एक सरकारी सूचनामा सो जानकारी दिइएको हो।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागले फेडरल रजिस्टरमा प्रकाशित गरेको प्रस्तावित नियम लागू भएमा एच-१बी र अन्य केही अस्थायी कार्य भिसावाहकहरूले रोजगारी समाप्त हुनासाथ अमेरिका छाड्नुपर्नेछ।
यस निर्णयबाट ठूलो सङ्ख्यामा विदेशी कर्मचारीहरूमा निर्भर रहेका ठूला अमेरिकी प्रविधि (टेक) कम्पनीहरूलाई गम्भीर धक्का लाग्न सक्ने अनुमान गरिएको छ।
जनवरी २०२५ मा सत्तामा फर्किएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट कानूनी आप्रवासनलाई सीमित गर्ने यो पछिल्लो प्रयास हो। उनको प्रशासनले यसअघि दक्ष विदेशी कर्मचारीहरूका लागि भिसा शुल्क बढाउने कदमहरू पनि चालिसकेको छ।
यसबाहेक, नयाँ तालिम कार्यक्रम लागू गर्ने क्रममा विश्वभर रहेका अमेरिकी नियोगहरूमा आप्रवासी भिसाको अन्तर्वार्ता (अपोइन्टमेन्ट) माथि अस्थायी रोकसमेत लगाइएको छ।
होमल्यान्ड सेक्युरिटीले आफ्नो प्रस्तावमा यस परिवर्तनबाट प्रभावित कम्पनीहरूको कार्यसम्पादनमा केही असर पर्न सक्ने स्वीकार गरे तापनि ती पदहरूमा अमेरिकी नागरिकहरूलाई नै रोजगारी दिन सकिने जनाएको छ।
सम्बन्धित समाचार
आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन, भारतमा दर्जन बढी देशका नेता भेला हुँदै
भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ।दुई दिनसम्म चल्ने सम्मेलनमा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया,...
इरानका राष्ट्रपति भारतमा
काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन दिल्ली आइपुगेका छन्। भारत आगमनमा उनलाई जहाज मन्त्रालयका राज्यमन्त्री...
चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै
चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसङ्ख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम...
इरानविरुद्ध युद्ध शुरू गरेकोमा कुनै पछुतो छैनः ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनमा युद्धको असर पर्ने भए तापनि इरानविरुद्ध युद्ध शुरू...




