KTM Post Logo
KTM Post Logo

ईरानले समात्यो अमेरिकी पनडुब्बी, ‘रिभर्स इन्जिनियरिङ’को खतरा

📰
KTM Post

काठमाडौं । इरानले अमेरिकाको एक सैन्य पनडुब्बी (सबमरीन) नियन्त्रणमा लिएको दाबी गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त पण्डुब्बीको ‘रिभर्स इन्जिनियरिङ’ (प्रविधि अध्ययन गरी हुबहु प्रतिलिपि बनाउने प्रक्रिया) हुने खतरा रहेको छ।

रिपोर्टमा विज्ञहरूलाई उद्धृत गर्दै इरानले यो पनडुब्बीलाई आफ्नो सैन्य कार्यक्रमका लागि प्रयोग गर्न सक्ने जनाइएको छ। सन् २०११ मा नियन्त्रणमा लिइएको अमेरिकी ‘आरक्यु-१७०’ ड्रोनसँग पनि इरानले यस्तै गरेको दाबी गरिएको छ।

वास्तवमा, यो पण्डुब्बीको नाम ‘डाइभ-एलडी’ हो। यो एक चालकरहित (मानवरहित) जलयान हो, जसले लामो दूरीसम्म निगरानी गर्ने, समुद्रको पिँधको नक्साङ्कन गर्ने, समुद्री बारुदी सुरुङ (माइन्स) को पहिचान गर्ने र तिनलाई रोक्ने काम गर्न सक्छ। यो पण्डुब्बी मानव सहायताविना नै कैयौँ दिनसम्म काम गर्न सक्षम छ।

यसअघि सन् २०११ मा इरानले अमेरिकाको ‘आरक्यु-१७०’ स्टिल्थ ड्रोन नियन्त्रणमा लिएको थियो। त्यसपछि तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले तेहरानसँग उक्त ड्रोन फिर्ता गर्न माग गरेका थिए। पछि इरानले ड्रोनको रिभर्स इन्जिनियरिङ गरिएको र त्यसैको डिजाइनका आधारमा आफ्नै ड्रोनहरू निर्माण गरेको बताएको थियो।

रोयटर्सको रिपोर्टमा अमेरिकाले यो पण्डुब्बीसम्बन्धी मुद्दालाई धेरै ठूलो विषय बनाउन नचाहेको पनि दाबी गरिएको छ।

सम्बन्धित समाचार

आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन, भारतमा दर्जन बढी देशका नेता भेला हुँदै 1

आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन, भारतमा दर्जन बढी देशका नेता भेला हुँदै

भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ।दुई दिनसम्म चल्ने सम्मेलनमा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया,...

इरानका राष्ट्रपति भारतमा 1

इरानका राष्ट्रपति भारतमा

काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन दिल्ली आइपुगेका छन्। भारत आगमनमा उनलाई जहाज मन्त्रालयका राज्यमन्त्री...

चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै 1

चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै

चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसङ्ख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम...

अमेरिकामा काम गर्न झन् कठिन, रोजगारी गुम्नासाथ अमेरिका छाड्नुपर्ने, ग्रेस समय नपाइने 1

अमेरिकामा काम गर्न झन् कठिन, रोजगारी गुम्नासाथ अमेरिका छाड्नुपर्ने, ग्रेस समय नपाइने

काठमाडौं । ट्रम्प प्रशासनले केही आप्रवासीहरूका लागि रोजगार गुमेपछि अमेरिकामा बसेर नयाँ काम वा नयाँ प्रायोजक खोज्न पाइने ६० दिनको छुट अन्त्य गर्ने...