ठगी आरोपपछि हसिनाकी छोरीले डब्ल्यूएचओबाट दिइन् राजीनामा
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक तथा बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले पदबाट राजीनामा दिएकी छन्।
बंगलादेशमा आफूविरुद्ध ठगीसम्बन्धी अनुसन्धान र डब्ल्यूएचओमा लागेको आरोपपछि उनले बुधबार राजीनामा दिएकी हुन्। वाजेदले सन् २०२४ को सुरुवातमा पाँच वर्षका लागि क्षेत्रीय निर्देशकको जिम्मेवारी सम्हालेकी थिइन्। तर बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले सन् २०२५ मार्चमा उनीविरुद्ध ठगी र जालसाजीको आरोप लगाएपछि डब्ल्यूएचओले उनलाई बेतलबी प्रशासनिक बिदामा राखेको थियो।
रोयटर्सका अनुसार डब्ल्यूएचओले वाजेदमाथि चीन यात्रासँग सम्बन्धित आर्थिक ठगी गरेको र शैक्षिक योग्यताबारे गलत जानकारी दिएको आरोप लगाएको थियो। वाजेदले भने यी आरोप अस्वीकार गरेकी छन्। उनका वकिलले यात्रा खर्चसम्बन्धी विवाद नियमित प्रतिपूर्ति प्रक्रियामा भएको प्रशासनिक त्रुटि भएको बताएका छन्।
राजीनामा पत्रमा वाजेदले आफूलाई जिम्मेवारी पूरा गर्नबाट रोकिएको भन्दै डब्ल्यूएचओ नेतृत्वप्रतिको विश्वास गुमेको बताएकी छन्। उनले भनेकी छन्, ‘मलाई बेतलबी बिदामा राखेपछि करिब एक वर्ष पारिश्रमिक नपाएकाले मेरो आर्थिक अवस्था अस्थिर भएको छ। यी परिस्थितिमा म अलग हुने छनोट गर्दैछु।’
डब्ल्यूएचओले वाजेदको स्थानमा नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। स्रोतका अनुसार अक्टोबर १२ मा उम्मेदवारी घोषणा, डिसेम्बरमा आवेदनको छानबिन र जनवरी २४ मा निर्वाचन गर्ने तयारी छ। एजेन्सी
सम्बन्धित समाचार
आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन, भारतमा दर्जन बढी देशका नेता भेला हुँदै
भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ।दुई दिनसम्म चल्ने सम्मेलनमा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया,...
इरानका राष्ट्रपति भारतमा
काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन दिल्ली आइपुगेका छन्। भारत आगमनमा उनलाई जहाज मन्त्रालयका राज्यमन्त्री...
चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै
चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसङ्ख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम...
अमेरिकामा काम गर्न झन् कठिन, रोजगारी गुम्नासाथ अमेरिका छाड्नुपर्ने, ग्रेस समय नपाइने
काठमाडौं । ट्रम्प प्रशासनले केही आप्रवासीहरूका लागि रोजगार गुमेपछि अमेरिकामा बसेर नयाँ काम वा नयाँ प्रायोजक खोज्न पाइने ६० दिनको छुट अन्त्य गर्ने...




