KTM Post Logo
KTM Post Logo

यमनको रणनीतिक मोखा बन्दरगाह हुथी नियन्त्रणमा पुगेको दाबी

📰
KTM Post

काठमाडौं । इरान समर्थित हुथी विद्रोही समूहले लाल सागरमा रहेको यमनको रणनीतिक बन्दरगाह सहर मोखा नियन्त्रणमा लिएको रोयटर्सले जनाएको छ । बाब अल–मन्देब जलमार्गबाट ५० माइलभन्दा कम दुरीमा रहेको मोखा बन्दरगाह नियन्त्रणमा लिएको तीन हुथीविरोधी यमनी सरकारी अधिकारीलाई उद्धृत गर्दै बिहीबार रोयटर्सले जनाएको हो ।

ती सरकारी स्रोतका अनुसार, हुथी विद्रोहीहरू रणनीतिक रूपमा महत्त्वपूर्ण बाब अल–मन्देब जलमार्र्ग अघि बढ्दै लाल सागरस्थित मोखा सहरमा प्रवेश गरेका हुन् । विद्रोही बलहरू अमेरिकाको विनाश होस्, इजरायलको विनाश होस् भन्ने नारा लगाउँदै सहरमा प्रवेश गरिरहेको आफूले देखेको प्रत्यक्षदर्शीहरूले एएफपीलाई बताएका छन् ।

हुथीहरू अघि बढेपछि बिहीबार बिहान यमनी सरकारी बलहरू सहरबाट पछि हटेको अरब सञ्चारमाध्यमहरूले यसअघि रिपोर्ट गरेका थिए । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर तथा भिडियोमा पनि सहरभित्र हुथी लडाकुहरू देखिएको दाबी गरिएको छ ।

मोखा नियन्त्रणमा आएको दाबी हुथीहरूका लागि महत्त्वपूर्ण रणनीतिक उपलब्धि हुन सक्ने देखिन्छ । यसले उनीहरूलाई लाल सागर तथा बाब अल–मन्देब जलमार्ग आसपास आफ्नो प्रभाव र नियन्त्रण थप मजबुत बनाउन सहयोग पुग्न सक्ने बताइएको छ । यद्यपि, हुथीहरूका पूर्वसहयोगी तथा यमनी सरकारका वरिष्ठ सदस्य तारेक सालेहको नेतृत्वमा रहेको हुथीविरोधी बलहरूको गठबन्धन ‘नेसनल रेजिस्टन्स फ्रन्ट’ले पनि मोखामा आफ्नो सैन्य उपस्थिति बढाउन थालेको जनाएको छ ।

‘नेसनल रेजिस्टन्स फ्रन्ट’का एक बल कमान्डरले बिहीबार बिहान मोखामा सैन्य टोलीको नेतृत्व गर्दै पुगेको उक्त समूहको आधिकारिक सञ्चारमाध्यमले जनाएको छ ।

“हुथीविरोधी गठबन्धनसँगको समन्वयमा मोखाको रक्षाका लागि बलको पुनर्गठन तथा सुदृढीकरण भइरहेको छ,” ‘नेसनल रेजिस्टन्स फ्रन्ट’को आधिकारिक सञ्चारमाध्यमले रिपोर्ट गरेको छ ।

‘नेसनल रेजिस्टन्स फ्रन्ट’का बलहरू हुथी नौसैनिक बलसँग झडपमा परेको पनि उक्त सञ्चारमाध्यमले जनाएको छ ।

यस घटनाले लाल सागर र बाब अल–मन्देब जलमार्ग आसपासको सुरक्षा अवस्था थप जटिल बन्न सक्ने संकेत गरेको बताइएको छ । विश्वको महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक रहेको बाब अल–मन्देबमा नियन्त्रण वा प्रभाव विस्तार गर्ने कुनै पनि सैन्य कदमले अन्तर्राष्ट्रिय समुद्री यातायात र क्षेत्रीय सुरक्षामा समेत असर पार्न सक्ने बताइएको छ ।

सम्बन्धित समाचार

आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन, भारतमा दर्जन बढी देशका नेता भेला हुँदै 1

आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन, भारतमा दर्जन बढी देशका नेता भेला हुँदै

भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ।दुई दिनसम्म चल्ने सम्मेलनमा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया,...

इरानका राष्ट्रपति भारतमा 1

इरानका राष्ट्रपति भारतमा

काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन दिल्ली आइपुगेका छन्। भारत आगमनमा उनलाई जहाज मन्त्रालयका राज्यमन्त्री...

चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै 1

चीन र इरानले जासुसी गर्न एआईको प्रयोग गर्दै

चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसङ्ख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम...

अमेरिकामा काम गर्न झन् कठिन, रोजगारी गुम्नासाथ अमेरिका छाड्नुपर्ने, ग्रेस समय नपाइने 1

अमेरिकामा काम गर्न झन् कठिन, रोजगारी गुम्नासाथ अमेरिका छाड्नुपर्ने, ग्रेस समय नपाइने

काठमाडौं । ट्रम्प प्रशासनले केही आप्रवासीहरूका लागि रोजगार गुमेपछि अमेरिकामा बसेर नयाँ काम वा नयाँ प्रायोजक खोज्न पाइने ६० दिनको छुट अन्त्य गर्ने...