Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

३५ दिनमै कक्षा १२ को नतिजा प्रकाशन


राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा संचालन भएको कक्षा १२ को नतिजा प्रकाशन गरेको छ। परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो। परिक्षा गत जेठमा  १४–२७ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए। जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए। त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए।

देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो। सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो।


क्याटेगोरी : Uncategorized, समाचार

प्रतिक्रिया


ताजा अपडेट