Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

रास्वपाको महाधिवेशनमा गगनले उठाएका चिहानको भित्री कथा


नेपाली कांग्रेसले २००७ सालमा ससस्त्र संघर्ष थालेको दिन कार्तिक २६ गतेको दिन पारेर विसं २०१८ को कात्तिक २६ गतेबाट सशस्त्र सङ्घर्ष थाल्ने निर्णय गरेको थियो । सशस्त्र विद्रोहको तयारीका लागि कांग्रेसले भारतको नरकटियागन्जमा क्याम्प खडा गरेको थियो । यो क्यम्पबाट चितवनसहित तनहुँ, धादिङ नुवाकोट, लमजुङलगायत जिल्लामा सशस्त्र कारबाही गर्ने योजना कांग्रेसले बनाएका थियो । यो क्याम्पको नेतृत्व बखानसिंह गुरुङले गरेका थिए ।

पत्रकार एवं साहित्यकार वसन्त पराजुलीको ‘बखान’ उपन्यासका कांग्रेसको यो सङ्घर्ष र चितवन विद्रोहका घटनालाई चर्चा गरिएको छ । सो उपन्यासका अनुसार चितवन विद्रोहका लागि नरकटियागन्जबाट चार समूह परिचालन गरिएको थियो । माघ १०

गते महेश्वरलाल श्रेष्ठको नेतृत्वमा पहिलो समूह चितवन भित्रिएको उल्लेख छ । सो समूहमा नारायणप्रसाद जोशी, नायब चन्द्रबहादुर शाही, बुद्धिसागर ढकाल सहभागि थिए । यो समूहले कांग्रेस नेता कार्यकर्ता भेट गरि राजनीतिक रुपमा विद्रोहमा सरिक गराउने उद्देश्यका साग काम गर्ने जिम्मेवारी थियो । लालध्वज गुरुङको नेतृत्वको दोश्रो समूहको काम स्थानीय प्रशासनसँग समन्वय गरी सहज तरिकाले भरतपुर कब्जा गर्ने उद्देश्य थियो । त्यो बेला चितवन थानाका प्रमुख थानेदार लालध्वजका नातेदार थिए । चितवन थानाका प्रमुख भरत गुरुङ विसं २००७ को सङ्घर्षका मुक्ति सेना, रक्षा दल हुँदै समायोजनबाट नेपाल प्रहरीमा सेवारत थिए । लालध्वजको समूह माघ १६ गते रामनगर, ठोरी, माडी, वसन्तपुरहुँदै भरतपुर प्रवेश गरेको थियो ।

पूर्वसेनाका मेजर मेहरध्वज अधिकारको नेतृत्वको तेस्रो समूह जनमुक्ति सेनाको थियो । जसमा झन्डै ४० जनाको सहभागि थिए । सो टोलीले भरतपुर प्रवेश गर्दै गर्दा माघ २४ गते बघौडा चौकीमा पहिलो आक्रमण गरी कब्जामा लिएको थियो । त्यसपछि जनमुक्ति सेनाको टोली माघ २५ गते साँझ ७ बजे गौरीगन्ज पुगेर नारायणप्रसाद जोशीको घरमा साँझको खाना खाई राति नै भरतपुर कब्जा गर्ने योजनासाथ अगाडि बढेको थियो ।

जगत प्रकाशजङ्ग शाहको नेतृत्वको चौथो समूह अर्को समूह यी तिनै समूहको सहयोगीका रुपमा नेपाल आएको थियो । सो समूहमा हरिप्रसाद गुरुङसहित २६ जनाको सो समूह गोवद्र्धनियाको बाटो हुँदै सोमेश्वरगढी, माडी वनकट्टा, धुव्रघाटको बाटो भएर माघ २६ गते दिव्यनगर आइपुगेको थियो । यो समूहले धुव्रघाटको प्रहरी थाना कब्जा गरी हरिप्रसाद गुरुङको घरमा खाना खाएर केही समय आराम गरी भरतपुर पुगेको थियो ।

भरतपुर कब्जा गर्दा हवाईमार्ग भएर काठमाडौँबाट थप सुरक्षाकर्मी आउन नसकुन भनेर जनमुक्ति सेनाले उज्यालो नहुँदै भरतपुर र मेघौलीको हवाईमैदान जोतेका थिए । टङ्कप्रसाद शर्मा, शिवप्रसाद श्रेष्ठ, माइते लामा र लालबहादुर ड्राइभर मिलेर त्यही ट्याक्टर र बुल्डोजर लिएर भरतपुरको हवाईमैदान जोतेका थिए । मेघौलीको हवाईमैदान पनि लालबहादुर ड्राइभरले ट्याक्टर लगेर जोते । आन्दोलनकारीले माघ २६ गते बिहानै भरतपुरमा प्रहरी थानाअगाडि धावा बोले । सहजै सुरक्षाकर्मीले आत्मसमर्पण गरेपछि भरतपुर जनमुक्ति सेनाको नियन्त्रणमा आएको इतिहासमा उल्लेख छ ।

भरतपुर कब्जाको खुसियाली चलिरहँदा सेनाले भरतपुरलाई घेरा हालिसकेको थियो । कांग्रेसका सशस्त्र लडाकुले भरतपुर नियन्त्रणमा लिएको ४८ घण्टा नपुग्दै काठमाडौँबाट पुगेको सेनाले भरतपुर पुनः आफ्नो नियन्त्रणमा लिइसकेको थियो । काठमाडौँबाट शेर बटालियनका बिग्रेडियर जनरल भक्तवीर थापा, मेजर मोहनसिंह बस्नेत नेतृत्वको टोली माघ २८ गते बिहान भरतपुर ओरालिएको थियो । यो टोली काठमाडौँबाट हवाईजहाजमार्फत सिमरा उत्रिएर हेटौँडा हुँदै भरतपुर पुगेको थियो । कांग्रेसका सशस्त्र लडाकुले भत्काएका ठाउँ ठाउँका पुलमाथि सालको पटिया राखेर सेनाले गाडी तारेका थिए ।

भरतपुरकै देउती खोलानजिकै चौरमा कांग्रेस लडाकु सहितका आन्दोलनकारी विजयोत्सव मनाइरहेका थिए । उनीहरू कोही खाना खाइरहेका थिए । त्यसैबेला सेनाले घेरामा पार्‍यो । सेनाले अन्धाधुन्ध गोली बर्साउन थाल्यो । जनमुक्ति सेनाका ११ जनालाई नियन्त्रणमा लिई एउटै डोरीले बाँधेर सेनाले लतार्दैपछार्दै चौबिसकोठी पुर्‍यायो । त्यहाँ तीन जनालाई गोली ठोकेर मारियो । अन्यलाई त्यहीँबाट लतार्दै घिसार्दै टिकौली जङ्गल पु¥यायो । बाँकी सात जना जनमुक्ति सेनालाई सङ्गिन रोपेर तड्पाई तड्पाई हत्या गरिएको इतिहासकारले उल्लेख गरेको पाइन्छ ।


जगतप्रकाशजङ्ग शाहलाई राजपरिवारको भनेर सेनाले मार्न सकेन । पछि उनका बारेमा राजा महेन्द्रलाई जानकारी गराइएको र राजाकै अनुमति लिएर उनलाई पुनः गेस्टहाउसमा निर्ममतापूर्वक यातना दिई मारी गेस्टहाउसबाहिर लगेर उत्तरतर्फको पातीघारीमा गाडिएको इतिहासमा उल्लेख छ ।

भरतपुर कब्जा भएको खुसियाली मनाउन भरतपुर आएका हरिप्रसाद गुरुङ, शमशेरबहादुर गुरुङ, जगतप्रकाशजङ्ग शाह, बुद्धसिंह राना, खेमबहादुर गुरुङलाई सेनाले भरतपुरमा पुनः नियन्त्रणमा लिएको पत्तो भएन । उनीहरू चारतारे झन्डा फहराउँदै सेतो गाडीमा गेस्टहाउस पुगेका थिए । भरतपुर काण्डमा हरिप्रसाद गुरुङ, बुद्धिसिंह राना, खेमबहादुर गुरुङ, शमशेरबहादुर गुरुङ, ट्राफिक तामाङ, जगतप्रकाशजङ्ग शाह, पन्चे गुरुङ, हस्तबहादुर गुरुङलगायत मारिएका थिए । सो घटनामा ८५ जना

मारिएको उल्लेख छ ।

‘आजको नेपाल पुस्तकलाई उदृत गर्दै बखान उपन्यासमा त्यस दिन गेस्टहाउसमा मारिएका मानिसका ८५ जोर जुत्ता भेटिएको उल्लेख छ । उनीहरूलाई हस्पिटल (भरतपुर) पछाडि खनिएको विशाल खाल्टोमा जिउँदै पुरेर मारियो । त्यसबेला विभिन्न ठाउँबाट पक्रिएर ल्याइएका मानिसलाई जिउँदै खाल्टोमा पुरेर सामूहिक हत्या गरिएको इतिहासका उल्लेख छ ।

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट