Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

प्रचण्ड निकट मानिएका सुमर्गी अनुसन्धानको घेरामा


वर्षौंदेखि राजनीतिक संरक्षणका कारण ओझेलमा परेको भनिएको विवादास्पद व्यवसायी अजयराज सुमार्गीको बहुचर्चित फाइल अन्ततः खुलेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि औपचारिक अनुसन्धान अघि बढाउँदै राहदानीसमेत रोक्का गरेको छ।

सुमार्गीमाथि ट्याक्स हेभन मुलुकहरूमा नक्कली कम्पनी स्थापना गरी करिब ९ अर्ब रुपैयाँ गैरकानुनी रूपमा नेपाल भित्र्याएको गम्भीर आरोप लागेको छ। स्रोत नखुलेको ठूलो रकम र अकुत सम्पत्तिसम्बन्धी प्रमाण २०७४ सालमै फेला परे पनि प्रकरण लामो समयसम्म दबाइएको चर्चा हुँदै आएको थियो।

सरकार परिवर्तनसँगै अचानक अनुसन्धान तीव्र बनेपछि राजनीतिक तथा व्यावसायिक वृत्तमा तरंग पैदा भएको छ। लामो समयदेखि चर्चामा रहेको यो प्रकरण अब कानुनी निष्कर्षतर्फ अघि बढ्ने संकेत देखिएको छ।

सुमार्गीविरुद्धको अनुसन्धानले उच्च तहको राजनीतिक संरक्षण, आर्थिक चलखेल र सम्पत्ति शुद्धीकरणसम्बन्धी पुराना प्रश्नहरू फेरि एकपटक सतहमा ल्याएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट