Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

विकासलाई हेर्ने हाम्रो दृष्टिकोण बदल्न जरुरी छ : आईजीपी कार्की


काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले विकासलाई केवल भौतिक पूर्वाधार, चिल्ला सडक, अग्ला भवन वा राम्रो भोजनसँग मात्र जोडेर हेर्न नहुने बताएका छन्।

प्रहरी वृत्त नयाँ बानेश्वर निर्माण, मर्मत संभार तथा पुनस्र्थापना समितिको अगुवाइमा निर्माण भएको भवन तथा संरचनाहरु हस्तान्तरण कार्यक्रममा बोल्दै उनले वास्तविक विकास नागरिकको जीवनस्तर, सुरक्षा र सम्मानसँग सम्बन्धित हुने बताएका हुन्।

उनले डर, असुरक्षा र विभिन्न संकटबाट गुज्रिएका नागरिकलाई संरक्षण गर्नु समाज तथा स्वयं नागरिकको साझा दायित्व भएको बताए।

कार्कीले सभ्य र सहयोगी समाज निर्माणका लागि सबै पक्षको साझेदारी आवश्यक रहेको उल्लेख गर्दै सामूहिक प्रयासबाट मात्रै समृद्ध र मानवीय समाजको निर्माण सम्भव हुने बताए।

नेपालमा एक दशकसम्म नागरिक आक्रोश विभिन्न रूपमा अभिव्यक्त भएको उल्लेख गर्दै उनले त्यस्तो आक्रोश दोहोरिन नदिन राजनीति, संस्कृति, कला, भावना र सामाजिक सभ्यतालाई सकारात्मक दिशातर्फ उन्मुख गरिनुपर्ने बताए

‘भदौ २३ र २४ गतेको आन्दोलन पछिको भवन एउटा कालखण्डमा नेपालमा झन्डै १० वर्षको काल खण्डमा नागरिकको आक्रोश व्यक्त हुन्छ। ती नागरिकको आक्रोश व्यक्त नहोस् भन्नका लागि राजनीति, संस्कृति कला, भावना, सभ्यतातर्फ उन्मुख हुँदा त्यो लम्बिन्छ,’ उनले भने, ‘जहिले पनि जतिसुकै अन्धकार र गरिबी भए पनि त्यहाँ उज्यालेको सम्भावना सधैँ रहिरहन्छ।’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट